अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 09:16

भारतमा बस दुर्घटनाः घाइते ४३ जना बाराका एउटै गाउँका

बिआरटीनेपाल २०८१ भदौ ९ गते ६:४७ मा प्रकाशित

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटनामा घाइते भएका नेपाली एउटै गाउँका रहेको खुलेको छ । आईतबार बिहान ४३ जना नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। उनीहरू सबै बाराको बारगढी गाउँपालिका वडा नम्बर ३ मुर्तिपलिया टोलका रहेको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो। शनिबार बस रिजर्भ गरेर उनीहरु सबै जना बाबाधाम गएकोमा बिहान चार बजेको समयमा बिहारको समस्तीपुरको मुश्रीघरारी थाना क्षेत्रमा राष्ट्रिय राजमार्ग २८ मा पछाडिबाट ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको उहाँले बताउनुभयो।

सडकमा पल्टिएर भएको दुर्घटनामा परी घाइते भएकाहरुमध्ये दस जनाको अवस्था गम्भीर रहेको सापकोटाले बताउनुभयो। घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको तथा घटनाको समबन्धमा थप बुझ्ने प्रयास भईरहेको सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू