अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 16:02

एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० भित्र ४० प्रतिशतले वृद्धि हुने प्रक्षेपण

बिआरटीनेपाल २०८१ भदौ ८ गते ५:२८ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घको  विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडीआरआर) ले एशिया–प्रशान्त क्षेत्रमा विपद्को जोखिम सन् २०३० सम्म ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तन, जोखिम घटाउने काममा भइरहेको ढिलाई, अव्यवस्थित बस्ती तथा संरचना विस्तार लगायतका कारण विपदको जोखिम बढ्ने युएनडीआरआरको निष्कर्ष छ । विपद् जोखिम न्यूनीकरणसम्बन्धी एशिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा युएनडीआरआरको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय प्रमुख मार्को टोस्कानो–रिभाल्टाले एशिया–प्रशान्त क्षेत्रमा जोखिम न्यूनीकरणभन्दा पनि जोखिम बढाइरहेको बताउनुभयो ।

अहिलेको प्रक्षेपणले सन् २०१५ मा सेन्डाई फ्रेमवकमा निर्धारण गरिएका विपद् जोखिम न्यूनीकरणको लक्ष्यबाट एशिया –प्रशान्त क्षेत्रका देशहरु टाढा गइरहेको सङ्केत गर्ने उहाँले बताउनुभयो । सेन्डाई फ्रेमवर्क विपद् जोखिम न्यूनीकरणका लागि निर्धारण गरिएको विश्वव्यापी प्रतिबद्धता हो । जसको सम्मेलन आउँदो अक्टोबरमा फिलिपिन्सले आयोजना गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू