अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 15:55

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा ३ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८१ भदौ ८ गते ५:२३ मा प्रकाशित

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको ज्यान गएको छ । चार जना गम्भीर घाइते भएका छन् । पश्चिमी जर्मनीको औद्योगिक शहर सोलिन्जेन स्थापना भएको छ सय ५० वर्ष पूरा भएको अवसरमा आयोजित उत्सवमा आक्रमण भएको थियो । आक्रमणकारी अझै फरार छन् ।बिल्ड वेबसाइटका अनुसार एक जना मानिसले बाटोमा हिँड्नेलाई अन्धाधुन्ध तरिकाले छुरा प्रहार गरेका थिए । प्रहरीले आक्रमणकारीलाई खोज्नको लागि व्यापक जनशक्ति परिचालन गरेको छ । प्रहरीले ४० वटा सामरिक गाडी प्रयोग गरेर संदिग्धको खोजी गरिरहेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी रहेको शङ्कामा प्रहरीले फ्रोनहोफ बजारलाई घेरा हालेको छ । अधिकारीले सर्वसाधारणलाई घर छाडेर भाग्न आग्रह गरेका छन् । सडक अवरुद्ध भएको छ । सोलिन्जेनका मेयर टिम कुर्जबाचले आफूहरु ठूलो आतङ्क र दुःखमा रहेको बताउनुभएको छ । सबै मिलेर शहरको वार्षिकोत्सव मनाउनुपर्नेमा अहिले शोक मनाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभएको छ । तीन दिनसम्म उत्सव मनाउने तयारी थियो र हरेक रात २५ हजार जनाले महोत्सवमा भाग लिने अपेक्षा थियो । छुरा आक्रमणपछि सबै कार्यक्रम स्थगित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू