अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 15:54

भारतीय प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

बिआरटीनेपाल २०८१ भदौ ८ गते ५:२० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको छ । हिजो युक्रुेन पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गर्नु भएको थियाे ।भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गर्नुभएको छ । केही समय अघि रुसको भ्रमण गर्नुभएका भारतीय प्रधानमन्त्री मोदी अहिले युक्रेन पुग्नुभएको हो ।

प्रधानमन्त्री मोदीले युक्रेनको राजधानी कीभमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गर्नुभएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ ।युक्रेनको राजधानी कीभमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्री एस जयशङ्करले प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको र आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुने बताउनुभयो । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । जयशङ्करले युक्रेनलाई भारतले दिएको सहयोगबारे पनि चर्चा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू