अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 11:53

एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो भन्ने भुल्नु हुँदैन : सिटौला

बिआरटीनेपाल २०८१ भदौ ७ गते ९:०९ मा प्रकाशित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले सभापति देउवाले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उनीहरूलाई पनि अवसर दिन सुझाव दिनुभएको हो ।

‘सभापतिजीले समकालीन नेताहरूलाई जिम्मेवारी दिएर उहाँहरूलाई अवसर दिनुपर्छ’, सिटौलाको भनाई उधृत गर्दै एक नेताले बताएका छन् । साथै उहाँले एमाले चुनावमा मुख्य प्रतिस्पर्धी पार्टी रहेपनि अहिले एमालेसँग गठबन्धन भएकाले गठबन्धन जोगाएर सरकारलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

‘चुनावमा हाम्रो मुख्य प्रतिस्पर्धी पार्टी एमाले नै हो । अहिले एमालेसँग गठबन्धन छ । सरकार पनि अघि लानुपर्ने अवस्था छ, गठबन्धन जोगाउनु पनि छ’, सिटौलाले भन्नुभयो, ‘तर, गठबन्धन जोगाउने भन्दै गर्दा ग्राउन्ड पनि जोगाउनु पर्छ । एमाले मुख्य प्रतिस्पर्धी हो भन्ने हामीले भुल्न हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू