अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

मुस्ताङकाे थासाङमा हिमपहिराे, बोक्सी खोला थुनियाे

बिआरटीनेपाल २०८१ भदौ ७ गते ८:४२ मा प्रकाशित

मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २– काेबाङमा बाेक्सी खाेला थुनिएकाे छ । हिमपहिराे आएर बाेक्सी खाेला थुनिएकाे जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएकाे छ ।आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको र हिउँको थुप्रोले बाेक्सी खोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।

हिमपहिरोले खाेला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ । यस्तै हिमपहिराेका कारण जाेखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेकाे छ । खोलाको छेउछाउ गाईवस्तु चराउन र घाँस काट्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् । हिमपहिराे बस्तीमाथि आएर अड्किएकाे र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । यस्तै जल तथा माैसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू