अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३४ | Colorodo: 17:49

कमला ह्यारिसद्वारा राष्ट्रपति उम्मेदवारको मनोनयन स्वीकार, शिकागाेमा ऐतिहासिक भाषण

बिआरटीनेपाल २०८१ भदौ ७ गते ८:४१ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति कमल ह्यारिसले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीको मनोनयन औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै उपराष्ट्रपति ह्यारिसले सबै अमेरिकीको नेतृत्व गर्ने र अवसरमुखी अर्थतन्त्र सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।शिकागोमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा उहाँले देशसामु विगतको कटुता, निन्दा र विभाजन त्यागेर अघि बढ्ने अवसर आएको बताउनुभयो । उपराष्ट्रपति ह्यारिसले आफू राष्ट्रपति बनेमा स्वतन्त्र र निष्पक्ष चुनावको सुनिश्चित गर्ने, कानूनी राज्य स्थापना गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

सम्बोधनकै क्रममा ह्यारिसले गाजामा युद्धविराम गर्न पनि आह्वान गर्नुभएको छ । यस्तै उहाँले राष्ट्रपति पदका अर्का उम्मेदवार रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ह्यारिस अमेरिकाको प्रमुख पार्टीको राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र एशियाली–अमेरिकी महिला बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू