अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 17:43

पाइलट बाबाको अन्त्येष्टी

बिआरटीनेपाल २०८१ भदौ ६ गते ६:४२ मा प्रकाशित

भारतका प्रसिद्ध महायोगी पाइलट बाबाको पार्थिव शरिरलाई बिहीबार समाधिस्थ गरिएको छ ।सन्यास परम्परा अनुसार उत्तराखण्डको हरिद्वारमा रहेको उहाँकै आश्रममा भू–समाधिस्थ गरिएको हो ।

उहाँले तीन वर्ष अघि निर्माण गरेको आश्रममा उहाँकै ईच्छा अनुसार समाधिस्थ गरिएको जनाइएको छ । पञ्च दशनाम जूना अखाडाका महामण्डलेश्वर समेत रहेका पाइलट बाबाको गत मंगलबार ८६ वर्षको उमेरमा मुम्बइको अपोलो अस्पतालमा निधन भएको थियो ।

पार्थिव शरिरलाई समाधिस्थ गरिनु अघि साधु सन्त र सन्यासीहरुले अन्तिम संस्कारको विशेष पूजा पुरा गरेका थिए भने सर्वसाधारणका लागि अन्तिम दर्शनको ब्यवस्था पनि मिलाइएको थियो । भारतीय वायु सेनाका विङ कमाण्डरको जागिर छाडेर सन्यासी जीवनमा आउनु भएका पाइलटबाबा सन् १९७४ मा नेपालको मकवानपुर, त्रिखण्डीमा सन्त हरि गिरी महाराजबाट दिक्षा लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू