अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 05:12

बंगलादेशबाट युएई सर्यो महिला विश्वकप

बिआरटीनेपाल २०८१ भदौ ५ गते ५:५२ मा प्रकाशित

महिला टी(२० विश्वकप २०२४ बंगलादेशबाट युएई सरेको छ। आइसीसीले असुरक्षाको कारण देखाएर प्रतियोगिता बंगलादेशबाट युएइ सारेको हो। युएईमा विश्वकप आयोजना हुने भए पनि आयोजनाको अधिकार भने बंगलादेशकै रहने छ। बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो। विद्यार्थी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतको शरणामा पुग्नुभएको थियो ।

त्यहाँ अहिले अन्तरिम सरकार गठन भएको छ। तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसीसीले यो निणर्य गरेको हो। बंगलादेश सरकारले विश्वकप आयोजना बंगलादेशमै गर्ने प्रयास गरेको जनाएको छ। तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायतलगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएको छ। यसअघि आइसीसीले विश्वकप आयोजना बिसिसिआईलाई गर्न आग्रह गरे पनि भारतले अस्वीकार गरेको थियो। विश्वकप आयोजनाका लागि आइसीसीको प्रस्ताव अस्वीकार गरेपछि युएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए।

युएईले यसअघि सन् २०२१ को पुरुष टी-२० विश्वकप ओमानसँगै आयोजना गरेको थियो। १० टोलीको सहभागिता रहेको प्रतियोगिता ३ देखि २० अक्टोबरसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया