अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 14:31

नार्कका वैज्ञानिक कर्मचारी आन्दोलनमा

बिआरटीनेपाल २०८१ भदौ ५ गते ५:४६ मा प्रकाशित

नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरूले प्राविधिक र प्रशासनिक समूहका कर्मचारीको समान तलबमान कायम गर्न दिएको अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेको भन्दै आन्दोलन थालेका छन् । कर्मचारीहरूले समान तलबमानको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमा उच्च अदालत पाटनले समकक्षी प्राविधिक प्रशासनिक कर्मचारीसँगको समान आधारभूत मासिक तलबमानलाई असमान कार्य गर्नु विभेदकारी भएको ठहर गर्दै २०८१ साउन १ बाट लागू हुने गरी समान तलबमान कायम गर्न परमादेश जारी गरेको थियो । तर, नार्क व्यवस्थापनले अझैसम्म अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेकाले भदौ ५ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीहरूले विरोधका कार्यक्रमबाट अनुसन्धान तथा दैनिक प्रशासनिक कार्यमा पर्न जाने क्षति तथा असुविधाको सम्पूर्ण जिम्मेवार नार्क व्यवस्थापन नै हुने चेतावनी दिएका छन् । उनीहरुले नार्कका निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू