अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४०
| Colorodo: 02:55
योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिउँसो मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा.अनिल मिश्रले जानकारी दिएका छन् । डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिएका छन् । पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।