अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:००
| Colorodo: 14:15
यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यूआईए प्लस) समूहले प्राइड परेड प्रदर्शन गरेको छ। गाईजात्राको अवसरमा ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार दिउँसो ठमेलदेखि वसन्तपुरसम्म २१ औँ प्राइड परेडको आयोजना गरिएको हो।
सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दिवंगत भएका साथीहरुको सम्झना तथा आफूहरुको स्वीकार्यताका लागि समाजमा जनचेतना फैलाउन र सरकारलाई दबाब दिन आफूहरुले प्राइड परेडको आयोजना गर्दै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘हाम्रो दिवंगत हुनुभएका साथीहरुको सम्झनास्वरुप र हाम्रो पहिचान प्रदर्शनका लागि भनौँ अथवा स्वीकार्यताका लागि भनौँ, समाजमा जनचेतना फैलाउने हिसाबले भनौँ, समुदायलाई सशक्त गराउने अथवा सरकारले दबाब दिने किसिमले भनौँ हामीले मनाउँदै आइरहेको हो।’