अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 13:46

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोईराला

बिआरटीनेपाल २०८१ भदौ ४ गते ७:०४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपालको शिक्षा महंगो भएको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो ।नेता कोईरालाले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेता कोईरालाले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताउनुभयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू