अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 14:10

प्रतिनिधि सभाका सदस्यबीचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन गर्ने सहमति : शंकर पोखरेल

बिआरटीनेपाल २०८१ भदौ ४ गते ७:०० मा प्रकाशित

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरुभित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।महासचिव पोखरेलले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यसमा नेकपा (माओवादी केन्द्र), मधेशवादी दलहरुले असहमति प्रकट गर्न नसक्ने बताउनुभयो ।

महासचिव पोखरेलले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण पनि गर्नुभयो । उहाँले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताउनु भयो । महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा (माओवादी केन्द्र)लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू