अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 17:08

दिगो आर्थिक विकास गर्न नीतिगत सुधार सरकारको प्राथमिकता : मन्त्री भण्डारी

बिआरटीनेपाल २०८१ भदौ ३ गते ५:२६ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।मन्त्री भण्डारीले आजको आवश्यकता रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकास रहेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण बनाइ सरकारले देश विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले संघीय सरकारमा कानून नबन्दा प्रदेश र स्थानीय सरकार पनि प्रभावित हुने बताउनुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘हाम्रा ऐनहरुमा अन्तरमन्त्रालयसँग जटिलता आएका छन्, ती जटिलता फुकाउन हामीले यतिखेरको थुप्रै ऐनहरुलाई संशोधन गर्ने, ऐनहरुको निर्माण गर्ने कामहरु अघि बढाइरहेका छौँ । ६० वटा ठूला र मझौला उद्योगहरु दर्ता भएका छन् । ऐन संशोधन गर्दा अटोमेटिक रुटबाट लगानी सम्मेलनमै हामीले झन्डै ९ अर्बको लगानी स्वीकृत गरेका थियौँ । अहिले पछिल्लो पटक झन्डै १८ अर्बको विदेशी लगानीलाई हामीले ल्याएका छौँ ’

‘नीति भन्दा राज्य बलियो हुन्छ, लगानीमैत्री वातावरण बन्छ । लगानीलाई सुनिश्चित गर्दछ । आज नेपालका विद्युतीय क्षेत्रमा, संस्थाहरुमा पैसा थन्किएर, बस्ने पुँजी थन्किएर बस्ने गरेको छ । आजको आवश्यकता हामीले रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकास हो । खासगरी हामीले दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको छ ।’ मन्त्री भण्डारीले भन्नुभयो । मन्त्री भण्डारीले अन्तरमन्त्रालयसँग समन्वयको जटिलता फुकाउने गरी सरकारले काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू