अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 17:05

सामाजिक, सांस्कृतिक तथा नैतिक बन्धन कमजोर हुँदा समाजमा अपराध बढ्यो : प्रधानमन्त्री

बिआरटीनेपाल २०८१ भदौ २ गते ७:५९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताउनुभएको छ । मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताउनुभएको हो ।उहाँले यस प्रकारको अदृश्य बन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताउनुभयो । उहाँले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उहाँको भनाइ छ । उहाँले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू