अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 19:15

‘एक्स’ ले ब्राजिलमा आफ्नो सेवा र कार्यालय बन्द गर्‍याे

बिआरटीनेपाल २०८१ भदौ २ गते ६:२२ मा प्रकाशित

सामाजिक सञ्जाल ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।ब्राजिलका न्यायाधीश मोरासले एक्सका कानूनी प्रतिनिधि राहेल नोभा कन्सेकाओलाई एक्समा भएका केही सामग्री हटाउन आदेश दिँदै नहटाएमा पक्राउ गर्ने धम्की दिनुभएको थियो । एक्सले न्यायाधीश मोरासले हस्ताक्षर गरेको दस्तावेजको तस्बिर पनि प्रकाशित गरेको छ । जसमा नयायाधीशले आफ्नो आदेशको पालना नगरेमा दैनिक ३६ सय ५३ डलर जरिबाना र पक्राउको आदेश दिने धम्की दिएको पाइन्छ ।

‘हाम्रो कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न, ब्राजिलमा हाम्रो अपरेशन बन्द गर्ने निर्णय गरेका छौँ’, एक्सले लेखेको छ । न्यायाधीशको धम्कीबारे ब्राजिलको सर्वोच्च अदालतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस वर्षको शुरूमा न्यायाधीश मोरासले पूर्वराष्ट्रपति जायर बोल्सोनारो सरकारको समयमा नक्कली समाचार र घृणाका सन्देश फैलाएको आरोपमा केही अकाउन्ट बन्द गर्न आदेश दिएपछि विवाद शुरू भएको हो । तर एक्सका मालिक मस्कले भने ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै उल्टै पुराना केही अकाउन्टमाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू