अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 16:58

परराष्ट्र सम्बन्धमा सुधार गर्न अनुकुल अवसर : पूर्वराजदुत उपाध्याय

बिआरटीनेपाल २०८१ भदौ २ गते ६:१८ मा प्रकाशित

भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ ।नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनुभयो । पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास गर्नुभए सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताउनुभयो ।

नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको पूर्वराजदुत उपाध्यायले बताउनुभयो । उहाँले समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने बताउनु भयो ।पूर्वराजदुत उपाध्यायले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिनुभयो । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताउनुभयो । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिनुभयो । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू