अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 17:00

वर्तमान सरकार संविधानको मर्मविपरीत : भीम रावल

बिआरटीनेपाल २०८१ भदौ १ गते ७:३३ मा प्रकाशित

नेकपा (एमाले)का नेता भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताउनुभएको हो ।

विपरीत सिद्धान्त भएका दुई ठूला दलले सरकार बनाएकाले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन कि गर्दैनन् भन्ने परीक्षाका रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेता रावलले संविधान संशोधनमा एमाले–कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रस्ट भएको बताउनुभयो । कांग्रेस–एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उहाँको जिकिर छ । ठूला–ठूला भ्रष्टाचार र चुहावट रोक्न सरकारले कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले आफू अहिले पनि एमालेको सदस्य भएको भन्दै त्यसमा अटल रहेको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू