अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 20:11

युगान्डाको राजधानी कम्पालामा फोहोरको पहाड भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

बिआरटीनेपाल २०८१ भदौ १ गते ७:३० मा प्रकाशित

युगान्डाको राजधानी कम्पाला नजिकै फोहोरको पहाड भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ । गएको हप्ता कम्पाला नजिकै ल्याण्डफिल साइटको पहाड भत्किएको थियो । ज्यान गुमाउने ३५ जनामध्ये १२ जना युवा र केही बालबालिका छन् । २८ जना अझै हराइरहेका समाचार संस्था रोयटर्सले जनाएको छ  ।

फोहोरको पहाड भत्किँदा नजिकै रहेका दर्जनौं घर भासिएका थिए । मानिस सुतिरहेको बेला पहाड भत्किँदा भाग्न नपाएका र ठूलो मानवीय क्षति भएको खबरमा उल्लेख छ । कतिपय शव चिनिन नसक्ने अवस्थामा छन् । युगान्डाको राजधानी कम्पालाको फोहोर ५० वर्षदेखि नजिकैको एउटा ल्याण्डफिल साइटमा फाल्ने गरिएको छ । फोहोर भरिँदै जाँदा ठूलो पहाड बनिसकेको छ ।

लामो समयदेखिको खतरनाक फोहोरले वातावरणलाई प्रदूषित गरेको र खतरा उत्पन्न भएको स्थानीयबासीको गुनासो छ । सन् २०१७ मा इथियोपियामा पनि ल्याण्डफिल साइटको पहाड भत्किँदा एक सय १५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू