अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

कोलोराडोमा आख्यान लेखन कार्यशाला सु-समपन्न

बिआरटीनेपाल २०८१ भदौ १ गते १६:२१ मा प्रकाशित

कोलोराडो । अन्तरराष्ट्रिय साहित्य समाज कोलोराडो शाखाको आयोजनामा पहिलो चोटी आख्यान लेखन कार्यशाला सु समपन्न भएको छ । साहित्यमा अभिरुची राख्ने अनुरागीहरु बिच बरिष्ठ आख्यानकार कृष्ण धराबासी सँगको यो कार्यशालाको सहजकर्ताको रुपमा प्रा.डा.बिजय शर्मा रहनुभएको थियो। आख्यान कसरी लेख्ने भन्ने प्राबिधिक प्रारुपको जानकारी साहित बिभिन्न बिषयमा उठेका प्रश्नको जवाफ दिदै करीव २ घण्टा संचालन भएको उक्त कार्यशालामा साहित्यकार मन्जु बिमलीको पनि उपस्थिती रहेको थियो। यस्ता कार्यशालाले साहित्य लेखनमा सहयोगी हुने र आगामी दिनहरुमा पनि बिभिन्न बिधामा कार्यशाला सन्चालन गरिने अनेसास कोलोराडो शाखाले जनाएकोछ । 

प्रतिक्रिया