अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७
| Colorodo: 20:12
न्याय सेवा आयोगले न्याय सेवाको सरकारी वकील समूहतर्फका १० जना सहसचिव (सहन्यायाधिवक्ता) र १० जना उपसचिव (उपन्यायाधिवक्ता)को सरुवा गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुशील देवकोटाको उच्च सरकारी वकील कार्यालय धनकुटा सरुवा भएको छ भने विशेष सरकारी वकीलको कार्यालयका उपन्यायाधिवक्ता गोपाल लामिछानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएको छ ।