अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 18:59

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेलायतका राजदूतकाे भेट

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:३७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।ललितपुरको खुमलटारमा रहेको प्रचण्ड निवासमा बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको राजदूत फेनलाई जानकारी गराउनुभयो । साथै प्रचण्डले पीडितमैत्री न्याय र सम्मानका लागि आवश्यक सहयोगमा बेलायत सरकारको साथ रहने विश्वास पनि व्यक्त गर्नुभयो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्व शान्तिका लागि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

राजदूत फेनले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गोमा पुर्‍याउन लागेकामा खुशी व्यक्त गर्दै शान्ति प्रकियाको पूर्णताका लागि बेलायत सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायती नागरिकमा नेपाली उत्पादनप्रति रुचि बढेको जनाउँदै पारस्परिक सहयोग र व्यापारमा साझेदारी बढाउन सकिने बताउनुभयो । राजदूत फेनसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले भूतपूर्व गोर्खा सैनिकले उठाउँदै आएका सवालहरू बेलायत सरकारबाट सम्बोधन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू