अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 20:08

४ सय ८९ किलो लागूऔषधसहित पर्साबाट एक जना पक्राउ

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:३२ मा प्रकाशित

पर्सामा चार सय ८९ किलो लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका–४ अकवा गाँउको बाँसघारीमा लुकिरहेको अवस्थामा कालिकामाई गाउँपालिका–१ बस्ने ४० वर्षका फुलसरिफ मियाँ गएराति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको साथबाट ३० किलो गाँजा तथा एक सय ९२ किलो चरेस र गाँजाको धुलो (पोलान्ड) दुई सय ६७ किलो बरामद गरेकाे प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीले जानकारी दिनुभयो । पक्राउ परेका मियाँविरुद्ध लागूऔषध कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू