अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 23:34

महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

बिआरटीनेपाल २०८१ साउन ३१ गते ७:४८ मा प्रकाशित

राष्ट्रिय सभामा महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ ।बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो ।सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेस गर्नुभएको हो ।

सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेस गर्नुभयो ।

बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू