अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 20:00

डाक्टरको बलात्कार र हत्याको विरोधमा कोलकातामा ठूलो प्रदर्शन

बिआरटीनेपाल २०८१ साउन ३१ गते ८:०० मा प्रकाशित

गएको हप्ता भारतको पश्चिम बङ्गाल राज्यको कोलकातामा एक सरकारी अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा पश्चिम बङ्गालका दशौं हजार महिलाले गएराति सडकमा जुलुस निकालेका छन् ।गएको शुक्रवार आरजी आर मेडिकल कलेजमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्यापछि कोलकातामा गएराति ठूलो विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यस्तै दिल्ली, हैदराबाद, मुम्बई र पुणे जस्ता अन्य शहरहरूमा पनि प्रदर्शन भएको छ ।

प्रदर्शनमा महिलासँगै पुरुष पनि सहभागी भएका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौँ’ भन्दै नारा लगाएका थिए । प्रदर्शनकै क्रममा थाहा नभएको समूहले डाक्टरको हत्या भएको अस्पताल परिसर, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेर क्षति पुर्‍याएको बीबीसीको खबरमा उल्लेख छ । प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । अस्पतालमा डाक्टरको बलात्कार र हत्या भएको प्रकरणमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ । तर प्रदर्शनकारी डाक्टरहरूको आक्रोश कम भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू