अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९
| Colorodo: 00:54
गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य रुपमा जीपीएस र सीसी क्यामरा जडान गर्न निर्देशन दिएको छ । सवारी साधन दुर्घटना पछिल्लो समय बढी रहेकोहुँदा मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य रुपमा जीपीएस र सीसी क्यामरा जडान गर्न बुधबार पत्र काट्दै १२ बुँदे निर्देशन दिएको हो ।
मन्त्रालयले अबदेखि आफ्नो सार्वजनिक सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने सहित ससिटिभि र ट्रान्सपोन्डरको ब्यवस्था गर्ने निर्देशन दिएको छ ।
मन्त्रालयले यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने भनेको छ ।