अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरको नायगरा फल्समा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ साउन ३० गते १७:१८ मा प्रकाशित
न्युयोर्क । नेपालमा पर्यटक प्रवर्द्धन र नेपालको उत्पादनलाई प्रदर्शनीको लागि हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरले नायगरा फल्समा कार्यक्रम सम्पन्न गरेको छ ।
हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरको सभापति शोभाकान्त पाण्डेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा हामी नेपाली ग्लोबलको केन्द्रीय सभापति अमृत लामाले संसारको जुनसुकै ठाउँमा भए पनि नेपाल र नेपालीलाई चिनाउनु र आफ्नो जन्मभूमि प्रवर्द्धनका लागि सबैको महत्त्वपूर्ण भूमिका रहनुपर्ने बताए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा रहेका सांसद ज्ञानेन्द्र साहीको उपस्थिति रहेको थियो । सांसद साहीले विदेशमा बसेर पनि नेपालीले नेपालको लागि यस्तो उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
न्युयोर्क बफेलोका मेयर रोबर्ट रेस्टैनो, बफेलोका अमेरिकन समाजसेवि केभिन योङ्गको पनि उपस्थिति रहेको थियो । मेयर रोबेर्ट रेस्टतिनोले फल्समा आएर यसरी कार्यक्रम गरेकोमा सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना दिए । साथै हामी नेपाली ग्लोबलको न्युर्याेक च्याप्टरका सभापति बिरेन्द्रजंग के.सी, अमेरिका च्याप्टरको महासचिव सुर्य सिम्खडा, निगर फल व्यवसाय केबेन योङ्ग, कार्यक्रमको टाइटल स्पोन्सर सुर्य महर्जन कलाकार अमेरिकाको प्रेसिडेन्ट बसन्ती राई जनजाति महासंद्ध फिप्नाका महिला उपाध्यक्ष तथा युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका न्युर्योक च्याप्टरको सभापति ममता खालिंग राई र विभिन्न संस्थाको विशेष व्यक्तित्वको उपस्थिति थियो ।
कार्यक्रम उपस्थितिलाई भावना सिम खड्काले खादा ओढाएर सम्मान गर्नुका साथै ममता खालिंग राईले फुलको गुच्छासहित स्वागत गरेकी थिइन् ।
त्यसै गरी कार्यक्रमका संयोजक तथा हामी नेपाली ग्लोबलका प्रवक्ता केशव राम राईले स्वागत मन्तव्य दिएका थिए भने प्रेसिडेन्ट कलेज पाइन्ट सिभिक एण्ड ट्याक्सपेयर एसोसियसन, एशिसन एड्भाजरी काउन्सिल फर न्युर्योक मेयर इरिक आडम्स तथा हामी नेपाली ग्लोबल सेन्ट्रलका उपाध्यक्ष नवराज केसीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
कार्यक्रममा सभापति पाण्डेले कार्यक्रम सफल बनाउन स्पोन्सरहरुको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सबैलाई धन्यवाद दिँदै कार्यक्रम टÞटाइटल स्पोन्सर क्विन डायमन्ड सञ्चालक समीर महर्जन र सुर्य महर्जनलाई धन्यवाद ज्ञापन गर्दै कानुन व्यवसायी केशवराज सेढाईले पनि विशेष सहयोग गरेको जानकारी दिए ।
कार्यक्रम सफल हुनुमा विशेष गरी हामी नेपाली ग्लोबलका बिजनेस डाइरेक्टर शेर्पा एलएल शेषराज खतिवडा साथमा टेस्ट अफ नेपाल रेस्टुरेन्ट सञ्चालन टेक भट्टराई, लीला भट्टराई र मिस्टी डग ग्रिल रेस्टुरेन्ट सञ्चालन खोका बाबाले विशेष सहयोग गरेकोमा धन्यवाद दिए । साथै नायगरा फल्सकै व्यवसाय रघु भट्टराई र लोकनाथ अधिकारीको विशेष सहयोग रहेको बताए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू