अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

दुई दलिय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ साउन ३० गते ६:१८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई दलिय व्यवस्था नेपाली जनताकालागि स्वीकार्य नहुने बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष नेपालले दुई दलिय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताउनुभएको हो ।अध्यक्ष नेपालले संविधान संशोधनमार्फत देशमा दुई दलिय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलिय शासनको कुराले देशलाई नोक्शान पु¥याउने बताउनुभयो । दुई दलिय शासन व्यवस्था कसैले नसहने उहाँको भनाई छ ।

अध्यक्ष नेपालले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने बताउनुभयो । उहाँले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया