अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 22:48

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धि कार्ययोजना स्वीकृत

बिआरटीनेपाल २०८१ साउन २९ गते ६:१५ मा प्रकाशित

सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धि कार्ययोजना स्वीकृत गर्ने गरेको छ ।मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराउनुभएको हो ।

सञ्चारमन्त्री गुरुङले एशियाली विकास बैंकबाट सिंचाई सम्बन्धि परियोजनाको लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन अर्थात नेपाली रुपैयाँ करिव १४ अर्ब ६३ करोड सहुलियत पूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रिक्त महाप्रवन्धक पदमा धादिङका रमेश आचार्यलाई नियुक्त भएको जानकारी दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले नेपाल पारवहान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको रिक्त महाप्रवन्धक पदमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरिएको पनि बताउनुभयो । उहाँले भूटानमा २०८१ साउन २९ गतेदेखि ३२ गतेसम्म हुने फोरम अफ दि इलेक्सन म्यानेजमेण्ट बडी अफ साउथ एशियाको १२ सम्मेलनका सन्दर्भमा सहभागीका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

सरकारले भू–उपयोग ऐन, २०७६ को दफा १४ को उपदफा १ को खण्ड ञ बमोजिम संयीयत भूउपयोग परिषद्को समस्यमा चितवनका डा.रेवती रमण पौडेल, डा.यमुना घले र काठमाडौंका डा.रेश्मा श्रेष्ठ र जगतबहादुर दैजालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू