अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 22:44

कुलमान घिसिङविरुद्ध रमेश खरेलद्धारा अख्तियारमा उजुरी

बिआरटीनेपाल २०८१ साउन २९ गते ५:३८ मा प्रकाशित

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उहाँले उजुरी गनुृभएको हो । खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको बताउनुभयो ।

घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गर्नुभएको छ । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।

ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । विद्युत नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विनास्वीकृति पीपीए गरेर राज्यलाई घाटा पुर्याएको काम भएको दाबी गरिएको छ । यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू