अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 22:59

नयाँ सरकारलाई नजिकबाट नियालिरहेका छौं : रवि लामिछाने

बिआरटीनेपाल २०८१ साउन २९ गते ५:२८ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताउनुभयो ।

उहाँले छिटै पार्टीका तर्फबाट सरकारको कामकारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गनुृभयो । लामिछानेले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुई मत नरहेको बताउनुभयो। त्यस्तै लामिछानेले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू