अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 02:07

भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने रास्वपाको निष्कर्ष

बिआरटीनेपाल २०८१ साउन २९ गते ५:०० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुनै पनि हालतमा भ्रष्टाचारको मुद्दामा हदम्याद मान्य नहुने निष्कर्ष निकालेको हो ।बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्ने कुरा राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशङ्का भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जाने गरी राजनीतिक दलहरूले गम्भीर त्रुटि गरिरहेको बताउनुभयो । पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धारणा राख्ने उहाँकाे भनाइ छ ।

प्रमुख सचेतक परियारले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले जलनसम्बन्धी गैरसरकारी विधेयक संसदमा आज नै दर्ता गर्ने गरी छलफल भइरहेको बताउनुभयो । भ्रष्टाचार गरेको पाँच वर्षपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा दलहरूबीच अहिले मतभेद छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले जतिसुकै पुराना भ्रष्टाचारका मुद्दा भए पनि हदम्याद लागू गर्न नहुने अडान लिएका छन् । नेकपा एमालेका केही सांसद भने पाँच वर्षे हदम्यादको पक्षमा तर्क गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू