अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 01:48

रास्वपाले बोलायो संसदीय दलको बैठक

बिआरटीनेपाल २०८१ साउन २८ गते ५:४० मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार विहान १०:३० बजे गरी बैठक बोलाइएको छ ।बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धि, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू