अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 23:19

चीनका सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास

बिआरटीनेपाल २०८१ साउन २७ गते ५:५३ मा प्रकाशित

चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

आपतकालीन समयमा खुला राजमार्गमा उद्धारको तुलनामा सुरुङमा हुने उद्धारले धेरै कठिनाको सामना गर्छ । खुला स्थानको जटिलता, स्याटेलाइट सङ्केत पाउने सुविधाको अभाव, घटनास्थलमा प्रतिबन्धित पहुँच र प्रभावकारी आवागमनका साधनको अभाव हुन्छ । शोधकर्ताले प्रणालीको विकासमा प्रमुख प्राविधिक चुनौति पार गरेको बताएका छन् । यसअन्तर्गत सुरुङमा स्वतन्त्ररूपमा आवागमन, राडारबाट अवरोध पत्ता लगाउने र बच्ने, स्वतन्त्र मार्ग योजना, सुरुङ सञ्चार प्रसारण र अत्यधिक गहिराई वा उचाईमा अग्नि नियन्त्रण सुविधा रहेका छन् ।

यस प्रणालीले सुरुङमा स्वतन्त्ररूपमा आवागमन गर्ने, अवरोधबाट जोगाउने र आगो निभाउने ग्रेनेड प्रयोग गर्ने सम्बन्धमा सफल परीक्षण गरिसकेको र यो प्रविधि एक्सप्रेस मार्गमा आगलालागी नियन्त्रणसहित आपतकालीन उद्धार कार्यका लागि उपयोगी रहेको दाबी गरेको सिन्ह्वाको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू