अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 23:52

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छः शेखर कोइराला

बिआरटीनेपाल २०८१ साउन २७ गते ५:३३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताउनुभएको हो । उहाँले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्नुभयो। कोईरालाले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाइ बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताउनुभयो।

उहाँले दुवै सदनमा बहुमत पुर्‍याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताउनुभयो। नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र)लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिनुभयो। उहाँले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि विचार पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।

काईरालाले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउने गरी संविधान संशोधन गरिने बताउनुभयो। उहाँले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनको लागि नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिएको उल्लेख गर्दै नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू