अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

किरण आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक

बिआरटीनेपाल २०८१ साउन २६ गते ५:४८ मा प्रकाशित

उपन्यासकार किरण आचार्यको तेस्रो पौराणिक उपन्यास ‘अहिल्या’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्रा.डा. जयराज अवस्थीलगायत व्यक्तिले उक्त कृति लोकार्पण गर्नुभयो । कृति सार्वजनिक गर्दै प्रा. डा. अवस्थीले नेपालगन्जमा बसेर पनि पौराणिक उपन्यास लेखनमा आचार्यको सक्रियताको प्रशंसा गर्नुभयो । उहाँले आचार्यलाई सामाजिक उपन्यास लेख्न आग्रह समेत गर्नुभयो ।

प्रा. डा.। गोविन्दमानसिंह कार्की र ज्ञानु अधिकारीले उपन्यासमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो । दुवै समीक्षकले उपन्यासले पाठकलाई उत्सुक बनाउने बताउनुभयो । कृतिकार आचार्यले आफूले पौराणिक उपन्यास लेख्ने कारण बताउनुभयो । आचार्यका यसअघि ‘जरत्कारू’ र ‘परशुराम’ दुई उपन्यास प्रकाशित छन् । तेस्रो उपन्यास ‘अहिल्या’ शिखा बुक्सले बजारमा ल्याएको हो ।

कार्यक्रममा राधेश्याम लेकाली, प्रमोद प्रधान, श्रीओम रोदन, राजकुमार बानियाँ, डा. दामोदर पुडासैनी ‘किशोर’, पुष्पराज पौडेललगायत व्यक्तिले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू