अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 23:12

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने

बिआरटीनेपाल २०८१ साउन २६ गते ५:३९ मा प्रकाशित

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुने भएको छ। रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्प र उनका डेमोक्रेटिक समकक्षी ह्यारिस दुवैले बहसमा आफ्नो सहभागिता पुष्टि गरेका छन्। ९० मिनेटको बहस फिलाडेल्फियामा हुने तयारी गरिएको छ। एबीसी एन्कर डेभिड मुइर र लिन्से डेभिसले मध्यस्थकर्ताको भूमिका निभाउनेछन्। बहस सम्भवतःप्रत्यक्ष दर्शकहरू बिना आयोजित हुनेछ। तर सही ढाँचा र आधारभुत नियमहरू अझै पनि निर्धारण भइरहेका छन्।

यो घोषणा फ्लोरिडाको पाम बीचमा ट्रम्पको समाचार सम्मेलनपछि भएको हो। जसमा उहाँले ह्यारिससँग तीन बहसको प्रस्ताव राख्नुभयो। ट्रम्प यसअघि सेप्टेम्बर १० मा राष्ट्रपति जो बाइडेनसँग बहस गर्न सहमत हुनुभएको थियो। तर बाइडेनले डेमोक्र्याटिक टिकटबाट फिर्ता लिएपछि ह्यारिससँग बहस गर्न ट्रम्प सहमत हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू