अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३
| Colorodo: 21:48
राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागिता गराउनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताए। प्रदर्शनमा सहभागीहरूले राज्यका महत्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दबाब दिने जनाएका छन्। दलित समुदायको हक अधिकार स्थापित गर्नका लागि पनि राज्यका निकायहरूमा आफूहरूको उपस्थिति हुनै पर्ने उनीहरूको भनाइ छ।
प्रदर्शनका सहभागीहरूले दलितलाई मन्त्री खै ?, दलितलाई बजेट खै ?, ‘दलितलाई राजदूत खै ?लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।