अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 14:03

गएको जुलाई अहिलेसम्मकै दोस्रो तातो महिनाको रूपमा रेकर्ड

बिआरटीनेपाल २०८१ साउन २४ गते ६:१० मा प्रकाशित

सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा थोरै कम हुँदै अहिलेसम्मको दोस्रो तातो महिनाको रूपमा रेकर्ड भएको जनाएको हो ।यस वर्ष जुलाईको औसत सतहको हावाको तापक्रम १६ दशमलव ९१ डिग्री सेल्सियस थियो जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव शून्य चार डिग्री सेल्सियस कम रहेको कोपर्निकसलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

यद्यपि यो वर्ष जुलाई २२ र २३ को दिन सबैभन्दा बढी तातो दिनको रूपमा रेकर्ड भएको थियो । जुलाई २२ मा तापक्रम १७ दशमलव १६ र जुलाई २३ मा १७ दशमलव १५ डिग्री सेल्सियस मापन भएको थियो । जलवायु परिवर्तनको विनाशकारी प्रभाव विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन पूर्ण शून्यमा नपुग्दासम्म तापक्रम निरन्तर बढिरहने जोखिम रहेको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू