अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 07:01

नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौं : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ साउन २३ गते ५:४३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउनुभएको छ ।बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताउनुभयो । उहाँले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएपनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बतउनुभयो । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताउनुभयो । उहाँले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताउनुभयो । संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू