अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 03:29

चन्द्रमाको एक क्रेटरको नाम ‘ल्हामू’ राखियो

बिआरटीनेपाल २०८१ साउन २२ गते ७:२८ मा प्रकाशित

अन्तर्राष्ट्रिय खगोलीय संघ ९आईएयू० को ग्रह प्रणाली नामकरण समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामू’ नाम दिएको छ । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मानित गर्न उक्त नाम स्वीकृत गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ । पासाङ ल्हामूको उपलब्धिलाई संस्थागत गर्न चन्द्रमाको दक्षिण ध्रुवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई उक्त नाम दिइएको छ ।

पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यसले विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको दूतावासले उल्लेख गरेको छ । राजदूतावासले भनेको छ, ‘अमेरिकाले पासाङ ल्हामू शेर्पाको विरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू