अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 14:03

बंगलादेशमा अन्तरिम सरकार बनाउने तयारी हुँदा प्रहरी एसोसिएशनद्धारा हडतालको घोषणा

बिआरटीनेपाल २०८१ साउन २२ गते ६:५१ मा प्रकाशित

बंगलादेशमा नयाँ अन्तरिम सरकार बनाउने तयारी भइरहेको बेला त्यहाँको प्रहरी एसोसिएशनले सुरक्षाको चुनौती रहेको भन्दै हडतालको घोषणा गरेको छ। बीबिसीका अनुसार बंगलादेशका हजारौं प्रहरी अधिकारीहरू आबद्ध रहेको पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं।’

सोमबार प्रधानमन्त्री देश ने छोडेर भाग्ने गरी भएको विद्यार्थी आन्दोलनको क्रममा मात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्।बिबिसीका अनुसार मंगलबार ढाकामा सवारीसाधनहरूको चहलपहल भए पनि सडकमा ट्राफिक प्रहरीहरू भने देखिएका छैनन्। बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल रानाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘समस्या नेतृत्वमा छ, प्रहरी बलमा होइन। दोषीलाई कारबाही हुन्छ। कृपया निर्दोष प्रहरी अधिकारीहरूमाथि आक्रमण नगरिदिनुस्।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू