अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 01:52

बङ्गलादेशको संसद् विघटन, बीएनपीकी अध्यक्ष बेगम खालिदा जिया रिहा

बिआरटीनेपाल २०८१ साउन २२ गते ६:२५ मा प्रकाशित

बङ्गलादेशको संसद् विघटन भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि आज संसद् भङ्ग भएको घोषणा गर्नुभएको छ ।राष्ट्रपति शाहबुद्दिनले तीन वटै सेनाका प्रमुख, दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका अगुवाहरूसँगको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गर्नुभएको बीबीसीले जनाएको छ । आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारतमा भागेपछि देशमा शान्ति सुरक्षा र नयाँ राजनीतिक बाटोका लागि संसद् विघटन भएको राष्ट्रपतिले बताउनुभएको छ ।

यसैबीच प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जिया रिहा हुनुभएइको छ । राष्ट्रपति मोहम्मद शाहबुद्धिनले  रिहा गर्न दिएको निर्देशनअनुसार उहाँ रिहा हुनुभएको बङ्गलादेशी सञ्चारमाध्यमले जनाएका छन् । शेख हसिनाकी प्रमुख प्रतिस्पर्धी रहेकी जिया सन् २०१८ देखि जेलमा हुनुहुन्थ्यो । जियालाई शेख हसिनाले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा थुनेको आरोप लागिरहेको थियो । यस्तै विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरूलाई रिहा गर्ने प्रक्रिया शुरू भइसकेको पनि खबरमा उल्लेख छ ।

विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताएकाले सेनाले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउने तयारी थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू