अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

सुरभि साहित्य प्रतिष्ठानको आख्यान वाचन तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८१ साउन २१ गते ८:३० मा प्रकाशित

गोकर्णेश्वर । सुरभि साहित्य प्रतिष्ठानको १६३ औँ आख्यान वाचन तथा २०८० सालको पुरस्कार अर्पण कार्यक्रम २०८१ श्रावण १९ गते शनिवार दिनको १ बजे स्थानीय गोकर्णेश्वर नगरपालिका वडा नं. ८, ढोल्खाधारो, कृष्ण मन्दिर कुटी परिसरमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दीपककुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो कार्यक्रमका प्रमुख अतिथि श्री दीपककुमार रिसालबाट विविध चार विधामा पुरस्कृत हुने चार जना साहित्यिक श्रष्टाहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरिएको थियो । पुरस्कृत व्यक्तिहरूमा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ ले अच्युतराम लघुकथा पुरस्कार, साहित्यकार श्रीमती हिरण्यकुमारी पाठकले सुरभि प्रह्लाद नारी आख्यान पुरस्कार, साहित्यकार श्री विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवम् साहित्यकार श्री रामचन्द्र दाहालले सुरभि वेदमणि आख्यान प्रतिभा पुरस्कार प्राप्त गर्नु भएको थियो ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख श्री सान्नानी लामा, एवम् स्थानीय वडा नं. का वडाध्यक्ष श्री नन्दलाल श्रेष्ठ, अतिथि साहित्यकार श्री श्रीहरि फुयाँल एवम् प्रतिष्ठानका संरक्षकहरू श्री वरिष्ठ साहित्यकार श्री विजय चालिसे, वरिष्ठ समालोचक श्री युवराज मैनाली, साहित्यकार श्री वेदमणि घिमिरे एवम् सल्लाहकार द्वय साहित्यकार श्री कर्णाद महर्षि तथा साहित्यकार श्रीमती गङ्गा कर्माचार्य पौडेलको समुपस्थित थियो ।

प्रतिष्ठानका उपाध्यक्ष श्री परशुराम पराजुलीले पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो भने प्रतिष्ठानका सहसचिव सहसचिव श्री मेनका पोखरेलले उपस्थित महानुभावहरूलाई कार्यक्रममा स्वागत मन्तव्य वाचन गरी सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका सचिव श्री अच्युत घिमिरेले उद्घोषण कार्य सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया