अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 01:54

बंगलादेशको ढाकामा व्यापक लुटपाट: गृहमन्त्रीको निवासमा तोडफोड, हसिनाको पिताको मूर्ति पनि क्षतिग्रस्त

बिआरटीनेपाल २०८१ साउन २१ गते ६:२२ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा व्यापक लुटपाट र तोडफोड भएका छन्। प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा तोडफोड गरेका छन्। बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरेपछि घरबाट धुँवा निस्किएको थियो। प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि लुटपाट भएको छ। प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर बोकेर लगेका छन्।

एक प्रदर्शनकारीले बीबीसीलाई भने अनुसार, पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि क्षतिग्रस्त गरिएको छ। शेख मुजीबुर रहमानको स्मृति संग्रहालयमा समेत आगजनी भएको छ। उनलाई १९७५ मा राष्ट्रपतिका रूपमा सेवामा रहेका बेला हत्या गरिएको थियो। पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रहरी अधीक्षकको कार्यालयमा आगजनी गरिएको छ भने केही पार्षदहरूको घरमा आक्रमण भएको छ।

एक प्रदर्शनकारीले बीबीसीलाई बताए अनुसार गणभवनमा शेख मुजीबुर रहमानको मूर्ति ढालिएको छ। उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता हुन्। सो क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको निजी गाडीहरूलाई पनि भिडले क्षति पुर्याइरहेको छ भने केही मानिसहरू बख्तरबन्द सवारी साधनमा चढिरहेका छन्।

यसैवीच, ढाकामा प्रधानमन्त्री शेख हसिनाको आधिकारिक निवासमा लुटपाट भइरहेको फुटेज बाहिर आएको छ। केही प्रदर्शनकारीहरू गणभवनबाट कुर्सी र सोफा बोकेर हिँडेको देख्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू