अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 07:01

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०८१ साउन २१ गते ६:०४ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

संविधानको धारा १८८ ९२० अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिनुभएको छ । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू