अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२८ | Colorodo: 01:43

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा राजीनामा, देश छाडेर सुरक्षित ठाउँमा गएको शङ्का

बिआरटीनेपाल २०८१ साउन २१ गते ५:३८ मा प्रकाशित

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ । विद्यार्थीको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीसी बङ्गला सेवाले प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीहरूको भीड भेला भएको पुष्टि गरेको छ । गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । देशका धेरै ठूला सरकारी जागिरमा आरक्षण खारेज गर्न विद्यार्थीहरूले माग गरिरहेका छन् ।

विद्यार्थीहरूको आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाएको भए पनि विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामामा अडिग थिए । बङ्गलादेशमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू