अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२९ | Colorodo: 10:44

निर्वाचन प्रणालीलाई सुधार गर्न संविधान संशोधन गर्नुपर्छ : कोइराला

बिआरटीनेपाल २०८१ साउन २० गते ८:२४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएको बताउनुभएको छ। आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थीरता हुन नसकेको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता लागि कारण सरकारलाई टिकाइराख्नुपर्ने बताउनुभयो। कोइरालाले कांग्रेस(एमाले लगायत साना दलको गठबन्धन सरकार ठीक ढंगले अगाडि बढ्ने बताउनुभयो ।​ कोईरालाले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सहि दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राख्नुभयो ।

कोइरालाले अब निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै ‘मिश्रित प्रणालीबाट चुनावमा जाँदा कुनै पनि दलको बहुमत आउँदैन। बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचित हिसाबले जानुपर्ने आवश्यकता औंल्याउनुभयो । संविधान संशोधनका नाममा परिवर्तनको उपलब्धि गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गर्नुभयो। कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दाबी गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू