अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 10:35

सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त

बिआरटीनेपाल २०८१ साउन २० गते ७:१६ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेस र एमालेका बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले केहीबेरअघि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनुभएको थियो । केन्द्रमा भएको नयाँ सत्ता समीकरण र सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत जुटाउन २७ जना सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ जना सांसद हुँदा सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ । आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी छ । शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू